खुकुरी प्रहारबाट आचार्यको दिनदहाडै बिभत्स हत्या,घटनामा संम्लग्न एक व्यक्ति पक्राउ


झापा । मेचीनगर २ का एक व्यक्तिलाई खुकुरी प्रहार गर्दा मृत्यु भएको छ । मेचीनगर–२ स्थित भृकुटीका करिव ५० वर्षका नारायण आचार्यलाई दिउसै एक ब्यतिmले खुकुरी प्रहार गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको समयमा भुकुटी बजारमा किराना तथा कपडा पसल गर्दै आइरहेका आचार्यलाई उनकै पसलमा खुकुरी प्रहार गरिएको थियो ।
यता प्रहरीले घटनामा संम्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । तर नाम भने खुलाएको छैन । उनी मेचीनगर २ कै रहेका छन । उनको नाम प्रहरीले खुलाएको छैन । पक्राउ परेका व्यक्तिको बिषयमा अनुसंन्धान भइरहेकोले पुष्टि भएपछि उनको नाम खुलाउने डिएसपी थापाले बताए
आचार्यमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल समेत रहेको हुँदा थप कुरा खुल्ल सक्ने प्रहरी स्रोतको भनाइ छ । उनलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा राखिएको छ ।