तिरिङ खोलमा लाइट देखाएको निहुँमा तस्करले कुटे स्थानीय

झापा ।। आइतबार राति घर नजिकै हात्ति धपाउँन गएका मेचीनगर १ का एक स्थानीयले कुटाइ खाएका छन् । तिरिङ खोला नकिजै रातको समयमा लाइट लिएर गएका अनिल लिम्बुमाथि हातपात भएको हो । राति ७ बजे खोला पुगेका उनले रातको समय वरिपरी लाइट लगाएका थिए । उनले लगाएको लाइट ले केही ब्यतिm देखेको थियो । रातको समय ति ब्यतिmहरु वारी पारी गर्न ब्यस्त भएकोदेखिएको थियो ।

सामान बोकेर वारी पारी गदै्र्र गरेको उनीहरुले लाइट देखेपछि लाइट लगाउने अनिल सँग निहुँ खोजेका थिए । किन लाइट लगाएको भन्दै निहुँ खोजको पिडित लिम्बुले बताए । एक हुल देखिएको त्यो समूहले अनिल माथि हातपात गरे । उनको टाउको र अनुहारमा गहिरो चोट लागेको छ । घटनाको बिषयमा तत्कालै गाउँमा हल्ला भएपछि ति ब्यतिmहरु फरार भएका थिए ।

पिडितको तर्फबाट राति नै तिरिङ चौकीमा उजुरी गरेको मोहन लिम्बुले बताए । तर चौकीले राति कुनै चासो नदेखाएको उनको भनाइ छ । उनीहरु सुपारी तस्करी गर्दै आएको समयमा दाजुले लाइट देखाएपछि एक्काली हात हालेको उनले बताए ।

यसरी कुटपिट गर्नेहरुमा श्याम लामा ,मोहन भुजेल,अनिस लामा,मञ्जिल देवान लगायत रहेका छन । यसरी कुटपिट गरेको बिषयमा प्रहरी चौकरी तिरिङका सही कमल कार्कीले राति नै ति ब्यतिmहरु पक्राउ गर्न खोजिए पनि भेटन नसकेको बताए । उनीहरुको बिषयमा थप अनुसन्धानको लागि अहिले केहीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाउँने तयारी भएको बताए ।

तर,सही भने पिडित अनिलले मादकपदार्थ सेवन गरेको आरोप लागेको भन्दै दोसीलाई बचाउँन खोजे । घाइतेको अहिले बिएण्सी अस्पतालमा उपचार भइरहेको छ