रुकुम हत्याकाण्ड : खोटाङबाट दोस्रो चरणको आन्दोलन गर्ने दलित नेताहरुको चेतवानी

 

 

राजन ठटाल  खोटाङ । नेपाली समुदायमा रहेको जातिय विभेदको अन्त्य गर्नको लागि खोटाङ जिल्लाका दलित संघर्ष समितिले सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

केही समय अगाडी रुकुममा भएको प्रेम बिवाहको बिषयलाई लिएर नबराज बि।क सहित उनका साथीहरुलाई योजनाबद्ध तरिकाले ह(त्या गरेको बिषयमा सरकारले खासै राम्रो सँग घटनाको बिषयमा चासो नदेखाएको भन्दै खोटाङका दलित नेता तथा दलित अधिकारीकर्मीहरु एक जुट भएर दोस्रो चरणको आन्दोलन गर्ने तयारी रहेको भन्दै पत्रकार सगँ अन्तरक्रिया गरेका हुन् ।

दोस्रो चरणको आन्दोलनलाई कसरी व्यवस्थित र उपलब्धी मुलुक बनाउने ,भन्ने बारेमा छलफल भएको दलित संघर्ष समितिका संयोजक दिपक ठटालले बताए , ठटालले भने, यो आन्दोलनलाई व्यवस्थित गर्नको हामी एक जुट भई रहेका छौँ । अबको आन्दोलनलाई हामीले बर्गीय आन्दोलनको रुपमा परिणत गर्ने खोजि रहेका छौँ । पहिलो चरणको आन्दोलन गर्दा पनि पार्टीका नेताहरुबाट आन्दोलन रोक्नको लागि आदेश आएकै हो । यदि दोस्रो चरणको आन्दोलनमा यदि पार्टीले हामीलाई हस्तक्षेप गरो भने, म पार्टी परित्याग गर्ने पनि तयार रहेको नेकपा जिल्ला कमिटी खोटाङका सदस्य समेत रहेका ठटालले सार्वेजनिक कार्यक्रममा जानकारी गराए ।

अबको आन्दोलनमा जिल्लामा रहेको संचार माध्यामहरुको तर्फबाट सक्रिय सहयोग रहने अपेक्षा गरे अनुसार नै आन्दोलनमा ऐक्यवद्धता रहने कार्यत्रममा सहभागी पत्रकारहरुले जनाएका छन् । जातिय छुवाछुत विरुद्धको आन्दोलनमा संचारकर्मीहरुको भुमिका खोजिएको छलफल कार्यक्रममा जिल्लाबाट प्रकाशन तथा प्रशारण हुने संचारमाध्याममा जातिय विभेदको अन्त्य सम्बन्धि सामग्रीहरु प्रकाशण तथा प्रशारण गर्ने, जातिय विभेदका कारण समाज भईरहेका कृत्यहरुको विरुद्ध एकतवद्ध संघर्ष गर्नुपर्ने जस्ता विषयहरु कार्यक्रममा उठेका थिए ।