दुर्घटनामा प्रहरी जवान अधिकारीको मृत्यु


झापा ।। गए राति मोटरसाइक दुर्घटनामा परी झापामा एक प्रहरी जवानको मृत्यु भएको छ । उदयपुर जिल्ला घर भएका प्रहरी जवान  बिर बहादुर अधिकारी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा २ बर्ष देखी कार्यरत रहेका थिए ।

उनको राति १० बजे पूर्व बाट पश्चिम तर्फ बिर्तामोड जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएका छ । बिर्तामोड स्थित सुगम पम्प अगाडीको कल्र्भटमा मोटरसाइक दुर्घटना भएको थियो । दुर्घटना पश्चाल उपचार कै अस्पतालमा उनको मृत्यु भएको थियो ।

भने उनी सगै रहेका अर्का प्रहरी हवलदार ज्ञाननाथ तिम्सिनाको बिएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनु भयो ।

मृतक अधिकारी बिगत २ बर्ष देखी काँकरभिट्टामा कार्यरत थिए । मुद्धा शाखामा उत्कृष्ट जिम्मेवारी प्रदान गर्दै आएका अधिकारी संगठन भित्र पनि राम्रो प्रहरी जवानको रुपमा परिचित थिए ।