वसन्त र समिक्षाको ’छायाँ बरको’

काठमाडौं । गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’छायाँ बरको’ सार्वजनिक भएको छ । गीतमा संगीतकार बसन्त सापकोटाको शब्द र संगीत रहेको छ । स्वरमा वसन्तले पनि साथ दिएका छन् ।

सार्वजनिक भिडियोमा गायिका समिक्षा र अर्जुन गौतम फिचर्ड छन् । ज्ञानेन्द्र शर्माको निर्देशन रहेको भिडियोमा सन्तोषराज बहकलको कोरियोग्राफी, निर्देशक शर्माको छायाकन र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियो गायक तथा संगीतकार वसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।