उचित मागहरुलाई सम्बोधन गर्दै कुनै दबाबमा नरही बजेट ल्याउँने

आदरणीय नगरबासी महानुभाबहरु:-

बिश्वब्यापी रुपमा फैलिइरहेको माहामारी को त्रासका कारण विश्व नै त्रसित रहेको अबस्थामा सर्बप्रथम सबै नेपाली स्वास्थ्यप्रती सचेत रहँदै सुरक्षित रहनुहुन अनुरोध गर्दछौं!

समुदाय स्तरमा विशेष साबधानी अपनाई सुरक्षित बसिरहनु भएका सबैको स्वास्थ्यप्रती सचेत रहँदै बाहिरबाट नेपाली भुमिमा प्रबेश गरिरहनुभएका नेपाली दाजुभाई दिदिबहिनी हरुलाई सुरक्षित मातृभुमिमा प्रबेश गराई,क्रमबद्ध स्वास्थ्य परिक्षणका निमित्त नगरको स्वास्थ्यटोली बाट चेकजाँच सहित निश्चित क्वारेन्टाईनमा राखिरहेको अबस्थामा पनि केही संक्रमित देखिइरहनुभएको छ जसका कारण वहाँहरुलाई स्वास्थ्यउपचारको निम्ति तुरुन्त उपचारका निमित्त सम्बन्धित स्थानमा लगिने ब्यबस्था गरिएको छ! त्यसैले अझ सचेत रहँदै आफू र आफ्नो समुदायमा फैलन नदिन अपनाउन सकिने साबधानी अपनाउनुहुन सबै सचेत नागरिकहरुमा अनुरोध गर्दछौं!

यसैबिच नियमित कार्ययोजनाका बिच मेचिनगर नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को बजेट,नीति तथा कार्यक्रम ल्याउनुपर्ने यश समयमा,परिस्थितिको गाम्भिर्यतालाई समेत मध्यनजर गर्दै शिक्षा,स्वास्थ्य,कृषि,लघुउध्धम लगायत आयमुलक एबं रोजगारमुलक कार्यक्रमहरुलाई प्राथामिकतामा राखी नगरको थप बिकाशका कार्यक्रमहरु आगामी बजेटमा सम्बोधन गर्न प्रयासरत छौं!

अदरणिय नगरबासी महानुभाबहरु:- हजुरहरुको बिस्वास सहित चयन भएर आएका जनप्रतिनिधिहरु नगर बिकासका निमित्त छलफल गर्दैगर्दा लोकतान्त्रिक पद्धति अन्तर्गत सामान्य मतान्तर हुनु स्वाभाविक रुपमा लिएका छौं! मेचिनगर नगरपालिकाको कुल बजेटको अधिनमा रहि आएका उचित मागहरुलाई पूरा गर्न सकिने हुँदा (कुनै दबाबमा नरही) नगरको सर्बाङ्गिण कार्यक्रमहरु ल्याउनुपर्ने अभिभावक को कर्तब्य प्रती सचेत रहँदै,छलफल र सहमतिको माध्यमद्वारै हरेक समस्याहरुको समाधान गर्दै नगर बिकाशका निम्ति दत्तचित्त भएर लागिरहने छौं!

अन्तमा:- जोखिमको यश समयमा थप संयमता साथ सम्पुर्ण नगरबासिहरुको सुस्वास्थको कामना गर्दै नगरबासिको सुरक्षाका निमित्त हरसम्भब प्रयत्नशिल रहँदै नगरबाशिको हितका निमित्त निरन्तर लागिरहने छौं!