सरकारको विरुद्धमा अवान्छित गतिविधि गर्नु राष्ट्रघात

कमल ढकाल

नेपाल सरकारले चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड –१९ ) विश्व व्यापी रूपमा फैलिए सँगै आफ्नो उत्तरदायित्व अनुसार नागरिकको स्वास्थ्य सुरक्षाको निमित्त देशभर लकडाउन ग¥यो ,सबै नागरिकले चाहेको पनि त्यही थियोे ।
सरकारले जसरी पनि नागरिकको स्वास्थ्यको रक्षा गर्न सकोस् , कोहि कसैले पनि कोरोना भाइरसको कारण ज्यान गुमाउनु नपरोस, संक्रमण हो, जताततै फैलियो ।

हाम्रो देशमा पनि नदेखिने कुरै भएन देखियो ,संक्रमितहरुलाई क्वारेन्टाइन लगेर छुट्याएर आइसोलेसनमा राखेर उपचार पनि गराई रहेको छ । देशब्यापी रुपमा तथा स्थानीय ,प्रदेश र केन्द्रिय सरकार एक अर्कासंग सहकार्य गर्दै रोगथाम र नियन्त्रणका लागि अहोरात्र खटिरहेका छन् ।
जनताको घरदैलोमा पुगेर बिहान बेलिकी चुल्हो नबल्नेहरुका चुल्हा बाल्न निरन्तर लागिरहेका छ्न। दैनिक ज्यालादारी मजदुरलाई लोककल्याणकारी निति र सामाजिक उत्तरदायित्व मुताविक राहत उपलब्ध गराएर जनतालाई आफ्नो सरकार भएको अनुभुति दिलाईरहेको सबैलाई बिधित नै छ । जनताको मन मनमा खुसी दिन सरकारले कुनै कसर बाकी राखेको छैन । चौबीसै घण्टा कसरी नागरिक सुरक्षा दिने भनेर सरकार यति बेला चिन्तित छ ।

यहि महाबिपत्तिको बेला सबैभन्दा छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको भुमी फिर्ता गराउन कानुनी बाध अड्चन हटाउन राजनीतिक र कुटनैतिक पहल पनि गरिरहेको छ । इतिहासकै सबभन्दा महत्वपूर्ण काम गरिरहेको छ । देशभरका जनताले राष्ट्रवादी कदमको दिपप्रज्वलन गरि स्वागत गरिरहेका छ्न ।  ओली नेतृत्वको सरकारले देश र जनताको सुरक्षाका खातिर जस्तोसुकै जटिलताको सामना पनि गरिरहेको छ । लकडाउनको उत्तरार्द्धमा आइपुग्र्दा को कसलाई के पुगेन अनि सरकारप्रतिको विश्वास गुमेको भनी बितण्डा मच्चाउन अराजक भिडलाई सडकमा उतारेको यथार्थता छर्लंग भएको छ ।जसलाई न आफ्नो इज्जत र प्रतिष्ठाको हेक्का छ, न देशप्रेम छ, कोरोना संक्रमणसँग जुध्नका लागि सरकारी प्रभावकारितामा प्रश्न उठेको छ, भनेर जनतालाई भ्रम पैदा गराउन सकिने मक्सदले उक्त असंगठित भिडलाई कन्सुत्ले पाराले भित्र भित्रै उचालेर बाहिर निकाल्ने प्रयत्न भएको देखिएको छ ।

सरकारको सफलताको ग्राफ बढ्दै गएसँगै सरकारको सफलता देख्न नचाहने असन्तुष्टहरुको असन्तुष्टि गोहिको आँसु झै सडकमा उत्रन थालेको जस्तो देखिएको छ । न ती युवा भनाउदाहरुको कुनै देश बनाउने योजना छ, न कुनै सकारात्मक र सृजनात्मक बिचार छ, बराहरू आफै बिचल्लीमा परेका बनचरिका बच्चा जस्तै छ्न तर सडकमा चिच्याउछ्न कराउछन । यस्ता असंगठित गिरोहलाई भित्रपट्टीबाट कोहि कसैले ठेलिरहेको र उनिहरुले त्यही शक्तिमा टाउको उठाएको हुन सक्छ ।
यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्छ । उनिहरुलाई चलाउने काम कसले गरिरहेका छन। बिश्वब्यापी रूपमा कम्युनिस्ट सकिदैछ भनेर साम्राज्यवादि र बिस्तारवादिहरुले लगाउदै गरेको नारालाई किनारा लगाउदै नेपाल दुई तिहाईको कम्युनिस्ट सरकार बन्यो यो कुरा देशिय अनुदारबादी र पर्देशिय एउटा ठूलो शक्ति पुरापुर विरुद्धमा छ र उ कुनै न कुनै हिसाबले विभिन्न माध्यमबाट आफुलाई देखाउन चाहन्छ र धमिलो पानीमा माछा मार्नचाहान्छन ।

त्यो कहिले ठुला संचारका माध्यमबाट प्रकट हुन्छ त कहिले सुषुप्त तरिकाले असंगठित भिडबाट प्रकट हुन्छ किन भने उसलाई अहिले सरकारको विरुद्धमा उत्रने अन्यकुनै उपयुक्त समय छैन र खास जिब्रो लाग्ने खालको मसला छैन । उ बिरोध नगरी एकछिन बस्न सक्तैन कारण कम्युनिस्ट सरकारको सफलता उसको प्रायः मृत्यु समान हो । अनि उसको रिस ,डाह,रोस,आक्रोश पारो बढ्दै जान्छ र कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारी अकर्मण्यता भो कुनै काम गर्न सकेन भनी प्रश्न उठाउन उठाउन थाल्छ । काम नभएकी बुहारी भटमास फ्याक्दै उठाउदै भने जसरी सरकारको गैर जिम्मेवारपन भो,अर्कमण्यता भो,असक्षमता भो भ्रष्टाचार ग¥यो भनी अनेकन बखेडा झिकेर विरुद्धमा सशक्त प्रस्तुत हुन खोज्छ तर सक्तैन ।त्यसैले अनावश्यक अफबाहमा नलाग्न र सरकारका राम्रा कामको समर्थनमा लाग्न म सबै सबैमा हार्दिक अपिल गर्न चाहन्छु ।

देश र जनताको समृद्धि र बिकास देख्न नचाहने शक्तिको भ्रममा नपर्न भन्छु। यस पटकको महामारीले जनतालाई सरकारको बढी आवश्यकता रहेछ भन्ने अनुभूति भएको छ । यस्तो समयमा सरकारले अभिभावकत्व पुरा गरिरहदा , पटकपटक सर्तक गराउँदा समेत सुनेको नसुन्यै गर्नु ,राज्यका हरेक अंगको अपार समर्थन र अनुकुलता रहककंदा रहककंदै अकर्मण्यता, असक्षमता, असंवेदनशीलता भयो भनेर सरकारको आलोचना गरिरहदा आफैं मनमनै सोचौ त हामीले नै यो संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति व्यहोर्नु पर्छ कि पर्दैन? यसैले सरकारले चालेका उपयुक्त कदमको उच्च मुल्यांकन गरेर साथ दिनुपर्छ । उत्साहित बनाउनुपर्छ र अहोरात्र काममा लगाउने उत्प्रेणा दिनुपर्छ । सकारात्मक सोच र चिन्तन ले मात्र हामी अहिलेको विषम परिस्थितिको सामना गर्न सक्षम हुन सक्छौ ।,,

कोरोना नियन्त्रणको निम्ति लकडाउनको अलवा सरकारले अन्य धेरै महत्वपूर्ण कार्य गरिरहेको छ । यहि अवधिमा अस्पतालको क्षमता र गुणस्तर वृद्धि गर्नेकाम भएको छ ।अन्य रोगका विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन गराउन उत्तिकै ध्यान दिइरहेको छ निजी अस्पतालहरुलाई उचित समन्वय गरिरहेको छ।र राष्ट्रिय महाबिपत्तिको समयमा स्वास्थ्य सामग्री खरीदमा द्रुतगतिमा लागिरहेको छ । पटकपटक अनियमितता तथा भ्रष्टाचारमा लिप्त भएकाहरुलाई नियमानुसार कार्बाही गरिरहेको छ । हालसम्म (कोभिड १९) नियन्त्रण गर्न सरकारले खर्च गरेको भनिएको १० अर्ब र स्वास्थ्य सामग्रीमा अनियमितता भयो, भनेर आएको हल्लाबाट ध्यानाकषिर्त समेत भएर खर्च विवरण सार्वजनिक गरि सुशासनको प्रत्याभूति दिलाएको छ । (कोभिड १९) नियन्त्रणका लागि क्वारेन्टाइन संचालन तथा व्यवस्थापनको मापदण्ड विपरीत क्वारेन्टाइन बनेको छ रहेछ भने क्वारेन्टाइन र आइसोलेसनको उचित व्यवस्थापन गर्ने सम्बन्धित पक्षलाई निर्देशन दिइरहेको छ ।

बिचल्लीमा परेर विदेशमा रहनुभएका मानिसहरूलाई घर फर्काउने क्रममा सरकार सचेतता पुर्बक लागिरहेको छ, र उच्च जोखिममा जोखिममा रहेकालाई प्राथमिकता दिएर नागरिक फिर्ता गर्ने अभियान चलाइरहेको छ । मानवीय भावनाले जनतालाई उद्धार गर्न सरकार निरन्तर आफू कहि कतैबाट नचुकि कन लागिरहेको छ ।तसर्थ हामी देशभक्त नागरिकहरु गैर जिम्मेवार भएर नालायक चरीत्र प्रदर्शन गर्न उध्दत नहौ । अब्यवस्थापन भए ब्यबस्थापनमा स्वस्फुर्त विवेकी भएर सरकारलाई सहयोग गरौ। हामी सबै नवयुवा र समुदाय मिलेर संक्रमणको जोखिम र कठीनाईलाई हलगर्न बुद्धिमतापुर्बक समझदारी पुर्बक हजारौँ हजार मानिसहरू उठाउदै सहयोगमा लागौ। सकारात्मक सोचाइमा रहेर विवेक पु¥याएर कामको समिक्षा गरौ। यस्तो विषम परिस्थितिमा सरकारको विरुद्धमा अबान्छित गतिविधिमा लागेर गलत आरोप लाउदै संघर्षमा उत्रिनु भनेको राष्ट्रघात सिबाय अरु केही होइन । लेखक ः कमल ढकाल नेकपा खोटाङका जिल्ला सदस्य हुन ।