नेपाली जनताको मनमा राजनेता हुन सफल भए केपी ओली

 

 

 

 

     कमल ढकाल

नेपालमा आज स्वाधीनता के हो ,भन्ने कुरा नेपाल सरकारले भारत सरकारलाई स्पष्ट देखाई दिएको छ ।नेपाल सरकार सदनबाट ऐतिहासिक निर्णय गर्न सफल भएको छ । हामी नेपाली विश्वमा चिनिएका वीर आमाका सन्तान हौ ,हाम्रा नसा ,नसामा गोर्खालीको रगत बगेको छ । बाघबुढाका सन्तान हौ, न हामी कोहि संग झुक्छौ न अन्याय सहन्छौँ । नेपालीहरुको सानमान र इज्जत भनेको नै स्वाभिमान हो, बैरीहरुको गिद्देदृस्टिलाई सहजै अनुमान लगाउन पनि सक्छौ ।

आंट ,हिम्मत र साहस बोकेर अहिलेसम्म बाचिरहेका छौ। साम्राज्यवाद र बिस्तारवादका विरुद्धमा लड्नु हाम्रो पहिचान हो, हिजो भक्तिथापाहरु लडे आज नेपाली जनताको लागि केपी ओली लडिरहेका छन ।भारतको हेपाह प्रवृत्तिको विरुद्धमा को लड्न सके , भारतलाई खुसी नबनाई प्रधानमन्त्री बन्न पाइदैन भनेर भारतको सामु लम्पसार पर्ने नेताहरुको कमि पनि छैन नेपालम , आज ओली भारतको विरुद्धमा राष्ट्रिय एकता कायम गर्दै स्वाभिमान नेपालीहरुको शिरलाई सगरमाथाको उचाईमा पु¥याउन सफल भए छन ओली , हामीले बुझ्ने कुरा के हो ,भने सार्बभौमसत्ता भनेको ठुला भनाउदा रास्ट्रहरुको नहुदो रहेछ भन्ने कुरा अब स्पष्ट भएको छ ।

आंट ,साहस र दरो खुट्टा टेक्न सकियो भने साना रास्ट्रहरुले पनि ऐतिहासिक कदम चाल्न सक्ता रहेछन् यसको लागि देशभक्तिले ओतप्रोत रास्ट्रवादी नेता चाहिदो रहेछ । ओलीमा यो भावना थियो र नै आज भारतलाई परास्त गर्न सकियो। यो ऐतिहासिक र गौरवपूर्ण क्षणको व्यग्र प्रतिक्षामा बसिरहेका थियौ हामी, कतिबेला हाम्रा बैरिले लुटेर लगेको भूमि फिर्ता गर्ने निर्णय हुन्छ ,भनेर सुसमाचार सुन्ने व्यग्रतामा टोलिरहेका थियौ ।सिमानालाई बिस्तार गर्दै जब लिपुलेक ,लिम्पियाधुरा र कालापानी नेपालीको जमिन हो, भनेर सार्बभौमसत्ता सम्पन्न सदनबाट बरर ताली लगाई एकता प्रदर्शन भएको देखियो यसै बेलाबाट ओलि राजनेताको पथमा पुगे ।मुलुकको भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताका पक्षमा देखिएको राष्ट्रिय शक्तिहरू विचको एकता अभूतपूर्व र ऐतिहासिकता कायम गर्दै भएको निर्णयलाई स्वागत गर्न जनता आफ्नो घर घरमा र चौक चौकमा निस्किएर दिपप्रज्वलन गर्दै खुसि र हर्षले भाबबिभोर भए ।

देशको सम्पूर्ण भूभाग समेटिएको नक्सा नेपालको निशान छापमा समावेस भएको देखेर भने हाम्रो मन मनको नेता के पि ओलि जिन्दावाद ।अब अझै भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउने काममा नेपाल सरकार लाग्ने छ ।सरकारले नक्सा छापेर प्रकाशित गरेर मात्रै हुँदैन जमिन ल्याउनु पर्दछ भन्नेहरूलाई जमिनै फिर्ता ल्याएर मुख भरिको जवाफ दिने छ । जमिन हाम्रो हो, भन्ने प्रमाण हामि संग छ ,अनि किन फिर्ता आउदैन हाम्रो जमिन मात्र अदम्य सहासको खाचो छ । प्रधानमन्त्री ओलीको नसामा नेपालित्व छ । रास्ट्र प्रेमले निख्खारिएको तन, मन र विवेक छ । कसै संग नझुक्ने निस्ठा छ । आकाश भन्दा फराकिलो बिचार छ । नेपाली जनताको नेतृत्व गर्ने महान बिचार छ । रास्ट्रियताको पक्षमा बोल्न सक्ने हिम्मत छ ।

बैरिहरुलाई गाल्ने ताप छ । त्यसैले उहालाई आज राजनेताको रुपमा नेपाली जनताले आफ्नो मनमुटुमा राखिरहेका छन, र राखिरहने छन । प्रधानमन्त्रीको साहसिक निर्णयको कारण नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई आज निसाना छापमा इङ्कित गर्नको निमित्त प्रतिनिधि सभाबाट ऐतिहासिक सर्बसम्मत निर्णय हुँदैछ । रास्ट्र र राष्ट्रियताको पक्षमा सबैलाई एक ठाउँमा उभ्याएर यस्तो महत्वपूर्ण निर्णय गर्नु चानचुने कुरा होइन । नेपाली जनतालाई सच्चा रास्टभक्त जनप्रेमी राजनेता चिन्ने बिशेस अवसर प्राप्त भएको छ । केपी ओलिलाई रास्ट्रबादी नेताको रूपमा नेपाली जनताले नजिकबाट चिन्ने मौका पाएका छ्न । राष्ट्रियताको पक्षमा दर्हो खुट्टा टेकिरहेका प्रधानमन्त्रीज्युको राष्ट्रप्रेमलाई हार्दिक सलाम । बहुदलीय प्रजातन्त्र स्थापना पछि सर्बशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक, र लिम्पियाधुरालाई समेटेर भौगोलिक अखण्डता माथिको दावी संवैधानिक प्रक्रियामा लगेर सार्बभौमसत्ता सम्पन्न सदन मार्फत निर्णय गराएर देशभक्तिको मसाल सल्काउनु भएको छ । यो बलेको उज्यालो मसाल दिगदिगन्तर निभ्न नदिने अबिभारा हामी नयाँ पुस्ताको कांधमा आएको छ । सोचौ जन्मदिने आमा र जन्मभुमि सधैं सधैं प्यारो हुन्छ ।यसका लागि आँट र अदम्य सहास सबैभन्दा ठूला अस्त्र हुन् यस्तै हाम्रो उच्च मनोबलले मात्र ठुला ठुला हतियारधारी हरु पनि निष्क्रिय भै घुँडा टेक्न बाध्य हुने छन ।