खोटाङमा स्वाब संकलन गर्नको लागि प्रयोग गरिने स्वास्थ्य सामग्री

खोटाङ ।

जिल्ला अस्पताल खोटाङमा स्वाब संकलन गर्नको लागि प्रयोग गरिने स्वास्थ्य सामग्री आइपुगेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट पिसिआरका लागि स्वाब संकलन गर्ने स्वास्थ्य सामाग्री १० लाख ८५ हजार मूल्य बराबरको प्याकिङ मेटेरियल सहितको पाँच सय थान भिटिएम आई पुगेको हो ।

प्रतिनिधी सभाका सदस्य बिशाल भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सेवा बिभागबाट पाँच सय थान ¥यापिड टेस्ट किट, १६ लिटर सेनिटाइजर, ५० थान गाउन, २० पिस फेस सिल्ड, ५० थान एन ९५ मास्क, ५० थान सर्जिकल क्याप, एक हजार थान सर्जिकल मास्क, सय जोर पञ्जा, ३० थान सेफ्टी चश्मा, ५० जोर सु कभर र २० थान इन्फ्रारेड थर्मो्मिटर लगाएत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङले भने प्रदेश सरकारले पठाएको स्वास्थ्य सामाग्री हामीले खोटाङको १० वटा स्थानीय तहलाई पठाईयो । स्थानीय तहहरुले परिक्षण गर्नेको लागि कतिपयले आफैले खरिद गरेर ल्याउनु भएको छ , ल्याएको स्थानीय तह र नलिएको स्थानीयतहहरुलाई हेरेर केन्द्रिय सरकारले पठाएको स्वास्थ्य सामाग्री १० वटा स्थानीय तहहरुलाई पठाउने र जिल्ला अस्पतालमा चाहिने उपकरण अस्पतालमा राख्ने चाम्लिङले बताए ।

त्यस्तै गरि प्रतिनिधी सभा सदस्य भट्टराईले भने खोटाङमा पनि एक जना युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भयो, साथै खोटाङका स्थानीय तहहरुले काठमान्ठौँ र बाहिरी जिल्लाहरुबाट ठूलो संख्यामा नागरिकहरु ल्याएको खबर आए सगैँ खोटाङमा पनि खतरा बढ्ने भयो ,भनेर सरकारसँग आग्रह गर्दा स्वास्थ्य स्वास्थ्य विभागले सकारात्मक रुपमा लिनु भएकाले स्वास्थ्य सामग्री प्राप्त गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । यो आफैमा पर्याप्त हैन, तर अहिलेका लागि पर्याप्त हो तर, भविष्यका लागि अपुग छ । आगामी दिनमा यसलाई थप गर्नका लागि निरन्तर पहल कदमी गरिरहनेछौ भट्टराईले भने ।