होटल व्यवसायी संघ जिल्ला कार्य समिति पदाधिकारीले कार्यभार सम्हाले

बिर्तामोड–होटल व्यवसायी संघ जिल्ला कार्य समिति झापाको २०७६ चैत ८ गते सम्पन्न भएको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका छन् । सपथ ग्रहणपछि आजदेखि निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् ।

आगामी चारबर्षे कार्यकालका लागि समितिको अध्यक्षमा इन्दिरा श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा नरेश मोहोरा, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा ख्याम ओली, कोषाध्यक्षमा रमेश चयन भएका थिए । सदस्यमा अनिता खनाल, मिनाकुमारी कोइराला, खड्कमान गुरुङ, निरज सिटौला, राजन गिरी, जयप्रकाश राई, अम्बिका पोखरेल, तिलक निरौला, नारायणप्रसाद खरेल रहेका छन् ।

सपथपछि कार्यक्रममा बोल्दै नव–निर्वाचित अध्यक्ष इन्दिरा श्रेष्ठले होटल ब्यवसायीको हक–हितमा सदैव लागिपर्ने बताइन । कार्यक्रममा होटल ब्यवसायी संघ झापाका नि–वर्तमान अध्यक्ष भोला उप्रेतीले निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।